काठमाडौँ, २८ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको बताएका छन् । आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसद्ले बनाएको प्रधानमन्त्रीले संसदमा केहि नबोलेका कारण प्रश्नहरू उठिरहेको समेत बताए । जनताको सार्वभौम सत्ताको प्रयोग जननिर्वाचित संसदमा प्रधानमन्त्री बोल्न आवश्यक नठान्नु स्वच्छाचारी शासनको संकेत भएको…