काठमाडौँ, १० माघ । नागरिक अगुवा, लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् । सो अवसरमा संयोजक प्रचण्डले पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा आफूलाई खुसी र गर्वको महशुस भएको बताए । युग पाठकको नागरिकताको नाम भने दिपककुमार…