जनकपुरधाम, १६ पौष । मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ । सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्…