खाना र नानाकै भरमा घरेलु बालश्रमिकको कहर, कानून कार्यान्वयन नै फितलो

भक्तपुर, १४ पौष । रमेश गिरी । मध्य पुसको चिसो, बिहानीको ५ बजे १४ वर्षिया बालिका शर्मिला मुसरी घरको ग्रेनाईट ओछ्याईएको चिसो भुईमा चिसो पानीले पोछा लगाउँदै गरेको दखिन्छिन् । दैनिक बिहान ४ बजे उठ्ने उनी घरका अरु मानिस उठ्नु अघिनै तिनतले घरभित्रको भर्याङ्गदेखि भान्छाकोठा पुछेर बैठक कोठासम्म सफा गर्नु पर्ने दैनिक तालिका नै हो…