काठमाडौँ, २४ कार्तिक । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने तयारी गरिरहेका बेला कांग्रेसका तत्कालीन सांसदले पनि हस्ताक्षर अभियान थालेका छन् । प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिटउपर संवैधानिक इजलासमा भएको प्रारम्भिक बहसमा प्रत्यक्ष सरोकारवाला सांसदहरूको रिट परेको/नपरेको प्रसंग उठेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा सांसदका तर्फबाट रिट लैजाने तयारी भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको…