नक्कली शरणार्थी प्रकरणको छानबिनमा संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ३१ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् । पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले सनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए…