त्रिशूली, २४ बैशाख । अर्थमन्त्री डा. प्रकाशरण महतले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४, बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको शनिबार मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब काम सुरु गर्न आवश्यक बजेटको विनियोजन…