काठमाडौँ, १ जेठ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ । रायमाझीलाई सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि म्याद थपका लागि अदालत लगेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार भएका थिए…