प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य अझै समाप्त भएको छैन : पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ, २० माघ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य अझै समाप्त नभएको बताएका छन् ।  आज काठमाडौँमा प्रेस चौतारी नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले भने, ‘विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गरियो भने त्यसैबाट सरकार बनाउन सकिन्छ । संविधान संशोधनको कुरा अघि बढाउन सकिन्छ र चुनाव पनि गराउन सकिन्छ’, ‘संसद्…