६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने

काठमाडौँ, २० माघ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ । निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा यस्तो उल्लेख छ । मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो…