प्रहरीलाई नियन्त्रण होइन, सक्षम बनाउन चाहन्छौं : गृहमन्त्री अर्याल

काठमाडौँ, १९ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् । आज काठमाडौँमा नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय  प्रहरीलाई आदेश दिने निकाय मात्र नभई अभिभावक पनि भएको बताएका हुन् । प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको…