एकीकृत समाजवादीले मन्त्रीका लागि मापदण्ड बनाउने

काठमाडौँ, १२ चैत । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीका लागि निश्चित मापदण्ड बनाउने तयारी भएको बताइएको छ । यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक सकभर मन्त्री नबनाउने नीति लिने भएको छ । चैत ७ गते बसेको सो पार्टीको सचिवालय बैठकले सरकारमा सहभागिताबारे सबै निर्णय गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन गरेको थियो…