द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू आर्थिक कूटनीतिका संवाहक: राष्ट्रपति पौडेल

काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवर्द्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्नुहुँदै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गरे । मुलुकमा क्रियाशील विभिन्न १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा शनिबार…