प्रधानमन्त्रीले अपमानित ढंगले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा भ्रमणका लागि एयरपोर्ट जाने तयारी गरिरहेकी परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई अकस्मात् रोकेका छन्। प्रधानमन्त्री दाहालको त्यस किसिमको व्यवहारबाट मन्त्री पौड्यालले अपमानित महसुस गरेकी छन्। विमानस्थल पुगेर भ्रमण रद्द भएको भन्दै फर्किनुभन्दा उनी मन्त्रालयबाट सोझै निवासतिर लागेकी थिइन्। मन्त्री पौड्यालकी प्रेस संयोजक यशोदा अधिकारीले प्रधानमन्त्री दाहालले अचानक मन्त्रीको…