जेनजी आन्दोलनको बहानामा चलखेल भयो : आईजीपी खापुङ

काठमाडौँ, ८ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको बहानामा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरूको चलखेल भएको देखिएको र त्यस्ता कार्य गर्नेलाई कारबाही हुने स्पष्ट पारेका हुन् । आईजीपी खापुङले भने, ‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने…