सरकारलाई सुझाव र खबरदारीमा रचनात्मक भूमिका रहन्छ: अध्यक्ष घिसिङ

काठमाडौँ, १३ चैत । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै सरकार सञ्चालनमा आफ्नो तर्फबाट आवश्यक सल्लाह सुझाव र खबरदारी रहने प्रतिक्रिया दिएका छन् ।  बालेनले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै फेसबुकमार्फत अध्यक्ष घिसिङले बधाई दिँदै उनले यस्तै सुशासनको मागसहित जेन–जी आन्दोलनको जगबाट प्राप्त जनादेशका आधारमा गठन भएको सरकारबाट संविधान, शासन प्रणाली तथा…