काठमाडौँ, ३० पौष । सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनामा आयात घटेकाले र निर्यातमा सुधार भएकाले विदेशी मुद्रा सञ्चिति बढेको हो । आर्थिक वर्ष २०७९–८० को पाँच महिनामा संघीय सरकारले पुँजीगत खर्चमा उल्लेखनीय…