मुलुकको आर्थिक स्थिति मजबुद हुँदै : रेमिट्यान्स बढ्यो, व्यापार घाटा घट्यो

काठमाडौँ, २ पौष । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्ममा आयात १८.१ प्रतिशतले र निर्यात ३३.३ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घटेपछि कुल वस्तु व्यापार घाटा पनि १५.९ प्रतिशतले घटेको छ । यसैबीच विदेशबाट रेमिट्यान्स आउने लहर पनि बढेको छ…