नेकपा एसद्वारा नयाँ सांसदलाई बधाई र शुभकामना

काठमाडौँ, ४ पौष । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदहरूलाई सो पार्टीले बधाई तथा शुभकामना दिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान प्रदान गरिएको हो । एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा अध्यक्ष माधवकुमार नेपालसहित १० जना सांसद छन् ।