आफ्नो परिसरमा रहेका फोहर ३५ दिनभित्र व्यवस्थापन गरिसक्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ, २१ मंसिर । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालयलाई फोहरको उचित व्यवस्थापन गर्न अनुरोध गरेको छ । महानगरले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयले आफ्नो परिसरमा नियमित सरसफाइ नगरेका कारण सिङ्गो सहरको सुन्दरतामा ह्रास आएको जनाएको छ । जताततै…