काठमाडौँ, २६ असोज । चुनावको तयारीबारे छलफल गर्न शीतलनिवास पुगेका जेन–जी अगुवा र प्रधानमन्त्री सुशीला कार्कीबीच नोकझोक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्याका कारण अनुपस्थित भएको छलफलमा प्रधानमन्त्री कार्कीसामु केही जेन–जी प्रतिनिधिले चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । छलफलमा घाइते जेन–जीको नेतृत्व गर्ने अभिषेक श्रेष्ठले आन्दोलनको एजेन्डा, घाइते र मृतकको माग सम्बोधन नभएसम्म चुनाव हुन…