काठमाडौँ, २४ कार्तिक । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन् । सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन् । आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उनले बताए…