काठमाडौँ, ३१ असोज । डा. गोविन्द केसीसँग भएको पछिल्लो सहमति कार्यान्वयनका लागि सरकारले चिकित्सा शिक्षा आयोगबारे सात बुँदे निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार आयोगका कर्मचारीको सरुवा तथा पदस्थापनका विषयमा यस्तो निर्णय गरेको हो । निर्णयहरू १. साविकमा चिकित्सा शिक्षा आयोगमा कार्यरत सदस्य सचिवलाई २०७९ पुस मसान्तसम्म यथावत काममा लगाउने र शिक्षा,…