विकासको नाममा काठमाडौँका पुराना घर भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौँ, ९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् । आज विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विकासको नाममा संरचना भत्काउन नहुने बताए । उनले पहिलेका भौतिक संरचनाहरुको संरक्षण…