काठमाडौँ, २८ असोज । नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र तयार पारेको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको निर्वाचन मस्यौदा कार्यदलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मस्यौदा बुझाइसकेको छ । “घोषणापत्र लगभग तयार भइसकेको छ । पार्टीका कोषाध्यक्ष श्रीराम ढकालका अनुसार घोषणापत्र छिट्टै सार्वजनिक गर्ने तयारी भएको छ…