शंकर पोखरेलको प्रश्न, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?

काठमाडौँ, ६ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिकताको विषयलाई एमालेविरुद्धको हतियार बनाउन खोजिएको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले विवाह गरेर आएका विदेशी महिलालाई लगत्तै नागरिकता दिने चलन कहाँ छ भन्दै प्रश्न गरे । “विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ? गठबन्धनले देखाओस्,” उनले…