काठमाडौँ, १२ चैत । भौतिक पूर्वाधार मन्त्रालयका उच्च कर्मचारी र कर्मचारी नेताहरूबीच सरुवाको विषयलाई लिएर झन्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । मन्त्रालय मातहतको प्रशासन महाशाखा प्रमुख तथा सहसचिव इन्द्रमणि पोखरेलको कार्यकक्षमा बिहीबार चर्को विवाद भएपछि स्थिति तनावपूर्ण भएको स्रोतले जनाएको छ । विवाद मिलाउन मन्त्रालयका सचिव केशव शर्मा नै पोखरेलको कार्यकक्षमा पुग्नुपरेको थियो…