माओवादीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता

काठमाडौँ, १८ माघ । नेकपा(माओवादी)ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी माओवादीले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।  कार्यक्रममा महासचिव नेत्रविक्रम चन्द विप्लवले नव–युवा पुस्ताको विद्रोहपछि मुलुकमा नितान्त फरक र नयाँ परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेकाले निर्वाचनमा नयाँ प्रस्ताव, नयाँ उद्देश्य, नयाँ शक्तिहरूसहित हुने बताएका छन्…