संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन गर्ने गठबन्धनको निर्णय

काठमाडौँ, ३१ साउन । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताबीच शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक काम गर्ने समझदारी बनेको छ । आज बसेको गठबन्धनको बैठकबाट संक्रमणकालीन न्याय निरूपणका लागि ल्याइएका विधेयकमा सरोकारवालाका सुझाव समेट्ने निर्णय गरिएको छ । कानुन मन्त्रालयले संसद्मा लगेको विधेयक पीडितमैत्री नभएको र संक्रमणकालीन न्याय व्यवस्थापनभन्दा गम्भीर अपराधका दोषीलाई पनि…