प्रचण्ड र माधव नेपाललाई ल्याएर बाम एकता गर्ने सम्भावना छैन : महासचिव पोखरेल

रुपन्देही, २३ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई ल्याएर बाम एकता गर्ने सम्भावना नरहेको बताउनुभएको छ । एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले प्रचण्ड र माधव नेपाल सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाबेला उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने दाबी गर्नुभयो…