कांग्रेसको समर्थनले जिम्मेवारी बढ्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा नेपाली कांग्रेसको समेत समर्थन प्राप्त गरेपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन् । ‘सात दलको समर्थन लिएर राष्ट्रपतिकहाँ जाँदा नेपाली कांग्रेसले भोट हाल्ने भन्ने थिएन,’ प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार दिउँसो सम्पादकहरूसँगको भेटमा दाहालले भने, ‘कांग्रेसले समर्थनमा भोट हालेपछि मेरो पनि जिम्मेवारी हुन्छ ।’ ‘एक खालको सहमति जस्तो…