काठमाडौँ, ११ पौष । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गर्दा २४ विषयमा स्वघोषणा गर्नुपर्नेछ । निर्वाचन आयोगले उम्मेदवारको स्वघोषणा फारम परिमार्जन गर्दै ६ विषय थप गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अन्तर्गत अनुसूची–६ मा रहेको स्वघोषणा फारम परिमार्जन गरेको हो । २०७९ को निर्वाचनका बेला आयोगले तयार पारेको स्वघोषणाको सूचीभन्दा यसपालि दायरा फराकिलो बनाएको आयोगले जनाएको…