कैलाली, २३ जेठ । सभामुख डोलप्रसाद अर्यालले सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबिच प्रभावकारी रुपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताए । कानुन निर्माण गर्दा तीन तहका…