टुंगिएन उम्मेदवारको राजीनामाको विषय

काठमाडौँ, १ बैशाख । सर्वोच्च अदालतले स्थानीय तहको चुनावमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। न्यायाधीशहरू तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने बुधबार आदेश जारी गरेको हो…