काठमाडौँ, २४ जेठ । देशैभरका ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा कार्यसमितिसमेत गठन भइसकेको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुने वा मतगणना हुने भन्नेमा अझै अन्योल कायमै छ। यति बेला बुढीगंगाको निर्वाचन अन्योलतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोण प्रतिकोणबाट तीखो रूपले टीका-टिप्पणी पनि भइरहेका छन्।…