एक्सबीबी सबभेरियन्ट पुष्टि भएसँगै हाई अलर्टमा स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १२ कार्तिक । ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिचान भएकाले सजग रहन सरकारले आह्वान गरेको छ । पछिल्लो समय सङ्क्रमित भएकामध्ये धेरैमा एक्सबीबी सबभेरियन्ट पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अघिल्लो महिनाको तुलनामा सङ्क्रमित बढ्नुको मुख्य कारण ओमिक्रोनको सवभेरियन्ट एक्सबीबी भएको मन्त्रालयले भनाई छ । पछिल्लो समय सङ्क्रमित बढ्नुको कारण ओमिक्रोनको सबभेरियन्ट…