काठमाडौँ, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको तथा त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा…