अध्यक्ष ओलीले चिनिया विदेशमन्त्रीसँको भेटमा उठाए आधा दर्जन विषय

काठमाडौँ, १३ चैत । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना छिटो अघि बढाउनेसहित नेपाल सरोकारका आधा दर्जन विषयमा चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीसँगको छलफलमा उठाएका छन् । होटल म्यारिएटमा भएको भेटमा अध्यक्ष ओलीले परियोजनाहरुलाई चाँडो अघि बढाउन आवश्यक रहेको बताएका छन् ।…