इन्टरनेट गुणस्तरीय बनाउन आईडीएमसीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, ३० चैत । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार्न सरकारले सक्रियता बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सरकारी कामकाजमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन इन्टरनेट सेवालाई थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् ।  एकीकृत डाटा व्यवस्थापन केन्द्र…