अध्यक्ष ओलीको त्यो अभिव्यक्ति : एमालेमा तरंग पैदा

काठमाडौँ, १० मंसिर । नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्। त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ।’…