१३५ निर्वाचन क्षेत्रबाट काँग्रेसले छान्यो ३५०० बढी प्रतिनिधि

काठमाडौँ, ९ मंसिर । नेपाली  काँग्रेसको  १४औँ  महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु  हुन  दुई  साता  अघिसम्म  तीन  हजार  ५१०  जना  महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन  समितिका  सचिव  तथा  अधिवक्ता  जगन्नाथ  श्रेष्ठले  १६५  निर्वाचन  क्षेत्रमध्ये  हालसम्म  १३५  वटा  निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो…