काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। तीन युवासहित ६ नेता महामन्त्रीका लागि प्रतिस्पर्धामा छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि सहकार्य गर्दै आएका युवा नेतात्रय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल महामन्त्रीका प्रतिस्पर्धी हुन्। तीन फरक समूहबाट उनीहरू महामन्त्रीको उम्मेदवार…