काठमाडौँ, २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित हुनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा। बुद्धबहादुर थापाले जानकारी दिनुभयो । पुनले ८५२ मत पाएका छन् भने शाहको पक्षमा ७६७…