माओवादीबाट संविधानसभामा निर्वाचित सांसद एमालेमा प्रवेश

काठमाडौँ, ५ असोज । नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सभासद दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीलाई कडा झट्का लागेको छ । घिसिङसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् । वरिना माओवादी जनयुद्धमा लागेकी नेता…