माधवजी गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं: नेता पाण्डे

पोखरा, २२ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन् । आज पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताए । उनले भने, ‘उहाँले शक्ति क्षय गर्ने र कमजोर बनाउने बाटोमा लाग्नुभयो । त्यसैले फर्कनुस्…