पूर्वप्रधानमन्त्री खनाललाई उपचार गर्न भारत लगिंदै

काठमाडौँ, २ असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उहाँलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उहाँलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित…