निर्माण व्यवसायी समृद्धिका ‘पिल्लर’ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ, १ असार । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई समृद्धिका ‘पिल्लर’ को संज्ञा दिँदै प्रतिकूल अवस्थामा समेत जारी कामको प्रशंसा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डललाई भेट्दै उपप्रधानमन्त्री पौडेलले निर्माण व्यवसायी विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका हुन् । गुणस्तरीय काम समयमा नै सम्पन्न गर्न सुझाव दिँदै उपप्रधानमन्त्री पौडेलले ‘लो…