काठमाडौँ, ३१ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरूलाई समृद्धिको ‘पिलर’ भएको बताउनुभएको छ । सोमबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलहरुको टोलीसँगको भटघाटमा उहाँले निर्माण व्यवसायीविना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभयो । गुणस्तरीय काम समयमा नै सम्पन्न गर्न सुझाव दिँदै उहाँले ‘लो कस्ट’ मा टेन्डर बिड गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।…