राष्ट्रपति भण्डारीद्वारा खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई अनुरोध

काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिने पहल गरिदिन अनुरोध गर्नुभएको छ । मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो । पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिनुभएको…