सूर्यविनायक नगरपालिकाको बजेट एक अर्ब ५७ करोड: रंगशाला निर्माण गरिने

काठमाडौँ, ११ असार । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कूल रु एक अर्ब ५७ करोड ६३ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/७९ को चालु तथा पुँजीगततर्फको बजेट सार्वजनिक गरेकी हुन् । अघिल्लो आवको तुलनामा यो बजेट रु नौ करोडले बढी हो । नगरपालिकाले चालु आ.व. २०७७/७८…